नेपाल बंगलादेश बैंकको खुद नाफा १ अर्ब १४ करोड १४ लाख ७९ हजार, प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८२ पैसा !

nepal bangladesh bank
  • बैंकिङ संसार 
काठमाडौं - नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ५४.६५% ले बढाएर १ अर्ब १४ करोड १४ लाख ७९ हजार रुपैयाँ कमाएको छ । बैंकले गत वर्ष ७३ करोड ८० लाख ९० हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

यो अवधि सम्ममा ५६ अर्ब ६ करोड १५ लाख ८१ हजार रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब ५२ करोड १३ लाख ७८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । साथै बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि सुधार आएको छ । खुद ब्याज आम्दानी ५०.९६% ले बढाएर २ अर्ब ११ करोड १३ लाख १६ हजार रुपैयाँ पुर्याएको छ भने सञ्चालन नाफा पनि ६५.३१% ले बढाएर १ अर्ब ६५ करोड ८७ लाख ७४ हजार रुपैयाँ पुर्याएको छ । 

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड ८२ लाख ९९ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा ३ अर्ब १९ करोड ७९ लाख ९६ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ ९६ पैसाले बढोत्तरी गरेर १८ रुपैयाँ ८२ पैसा पुर्याउन सफल भएको छ । प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ १० पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस्