नबिल बैंकले खुद नाफा ३.१७ प्रतिशतले वृद्धि गरी कमायो ३ अर्ब १९ करोड १० लाख ७१ हजार रुपैयाँ, जगेडा कोषमा कति ?

 nabil bank
  • बैंकिङ संसार
काठमाडौं - नबिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफामा ३.१७% ले वृद्धि गरी ३ अर्ब १९ करोड १० लाख ७१ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्ष सोहि बैंकले ३ अर्ब ९ करोड २७ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

यस्तै खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेको छ।  खुद ब्याज आम्दानी १८.३८% ले बढेर ५ अर्ब ४१ करोड ९४ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ६.०३% ले बढेर ४ अर्ब ५० करोड ७४ लाख ८१ हजार रुपैयाँ पुगेको छ ।

साथै तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले १ खर्ब ५३ अर्ब ६९ करोड ५१ लाख ३२ हजार रुपैयाँ निक्षेप संकलन गरेर १ अर्ब २८ अर्ब १९ करोड ७३ लाख ४४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

बैंकले १२% बोनस सेयर दिएर चुक्ता  पुँजी ९ अर्ब १ करोड १८ लाख ४५ हजार रुपैयाँ पुर्याएको छ।  यस अवधिमा प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५ पैसाले घटेर ४७ रुपैयाँ ६९ पैसा पुगेको छ । बैंकले जगेडा कोषमा ९ अर्ब ६ करोड ५७ लाख ७१ हजार रुपैयाँ राखेको छ।  

प्रतिकृया दिनुहोस्