सिद्धार्थ बैंकको नयाँ शाखा बर्दियाको बाँसगढीमा बिस्तार, १ सय ६५ स्थानमा पुग्यो एटीएम सेवा !

 siddhartha bank
  • बैंकिङ संसार 
काठमाडौँ - सिद्धार्थ बैंकले शुक्रबार बर्दियाको बाँसगढीमा नयाँ शाखा बिस्तार गरेको छ । बैंकको बाँसगढी शाखाको उद्घाटन बाँसगढी नगरपालिकाका उपमेयर सुष्मा चौधरीले गरेकी हुन् ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १५३ वटा शाखा (४ एक्सटेन्सन काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६५ एटीएम र १,३०० भन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्