काभ्रेपलाञ्चोकको बनेपामा सनराइज बैंक लिमिटेडको शाखारहित बैंकिङ सेवा सुरु, डेपुटी गर्भनर शिबराज श्रेष्ठद्धारा उद्घाटन

 sunrise bank
  • बैंकिङ संसार
काठमाडौं - सनराइज बैंकले बैंकिङ सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ सेवा पुर्याउँदै जाने उद्धेश्यका साथ आफ्नो २९ औँ शाखारहित बैंकिङ सेवा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ४, नालामा शुरू गरेको छ । शाखारहित बैंकिङ सेवाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिबराज श्रेष्ठले गरे ।

शाखारहित बैंकिङ सेवाको एजेन्टरप्रतिनिधि अशोक श्रेष्ठलाई पोइन्ट अफ सेल मेसिन भरतपुर शाखाका प्रवन्धक भिम नारायण श्रेष्ठले हस्तान्तरण गरे ।

उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्