कामना सेवा विकास बैंकको ८४औं शाखा स्याङ्गजाको वालिङमा, बलराम बराल र टुबराज बास्तोलाद्वारा उद्घाटन !

 kamana sewa bank
काठमाडौँ - कामना सेवा विकास बैंक लिमिटेडले स्याङ्गजा जिल्लाको वालिङ नगरपालिका वडा नं.१३ स्थित झलुङ्गेमा सोमबार ८४औं शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ ।

बैंकका संचालक बलराम बराल तथा बैंकका गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोलाले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा संचालक बरालले बैंकको संक्षिप्त जानकारी गराउँदै व्यापार प्रर्वधनलाई अझ तीव्रताका साथ अघि बढाउन वृहत शाखा विस्तार गरेको तथा बैंकको भावी रणनीति र कार्यक्रमहरुको बारेमा जानकारी दिए ।

प्रतिकृया दिनुहोस्