स्याङजाको आँधिखोला गाउँपालिकामा पुग्यो एनआईसी एशिया बैंक लिमिटेडको शाखा, दुई सय ८२ ठाउँमा शाखा सञ्जाल !

nic asia bank
  • बैंकिङ संसार 
काठमाडौँ - एनआईसी एशिया बैंकले स्याङजा जिल्ला,आँधिखोला गाउँपालिकामा नयाँ शाखा  विस्तार गरेको छ । बैंकले ग्रामिण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमासमेत आफ्नो उपस्थितिलाई थपदरिलो बनाउने क्रमसँगै उक्त स्थानमा समेत आफ्नो शाखा कार्यलयको विस्तार गरेको हो ।

उक्त नयाँ शाखाको उद्घान स्याङजा जिल्ला आँधिखोला गाउँपालिका वडा नं ५,कृषि स्याङजा स्थित कृषि शाखाको आँधिखोला गाउँपालिकाका प्रमुख सुधिर कुमार पौड्यालले गरेका छन् ।

हालसम्म बैंकले मुलुकभर २ सय ८२ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदा नगर्दै आएको छ ।

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

प्रतिकृया दिनुहोस्