ललितपुर जिल्ला प्रशासन कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर, एक्सटेन्सन काउण्टरको संख्या ११ पुग्यो

 global ime bank
  • बैंकिङ संसार 
काठमाडौँ - ग्लोबल आइएमई बैंक लिमिटेडले सोमबार ललितपुर महानगरपालिका वडा नं. ५, मानभवनस्थित जिल्ला प्रशासन कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर शुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरमा सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सरल तथा सुलभ बैंकिङ्ग सेवा प्रदान गर्न एक्सटेन्सन काउण्टर शुरु गरेको हो । जिल्ला प्रशासन कार्यालय, ललितपुरमा खोलिएको एक्सटेन्सन काउन्टरसंगै बैंकको एक्सटेन्सन काउन्टरको संख्या ११ पुगेको छ ।

यसैगरी, बैंकले बैशाख २२ गते डोटी जिल्लाको जोरायल गाउँपालिका. १, गैरामा १३२ औँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको जनाएको छ । यसका साथै ललितपुर जिल्लाको भैंसेपाटी स्थित नेपाल मेडीसिटी अस्पतालमा र काठमाण्डौं जिल्ला लाजिम्पाटस्थित त्रिशारा मलमा एटिएम सेवा समेत सुरु गरेको बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्