नेपाल क्रेडिट एण्ड कर्मस बैंक पनि अर्बपति सूचीमा, खुद नाफा ३१.०८% ले वृद्दि गरी कमायो १ अर्ब १६ करोड ४० लाख

 Ncc Bank
  • बैंकिङ संसार 
काठमाडौँ - नेपाल क्रेडिट एण्ड कर्मस बैंक (एनसीसी) अर्बपति सूचीमा प्रवेश गरेको छ । बैंकले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म १ अर्ब १६ करोड ४० लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको छ । सो नाफा गत वर्षको भन्दा ३१.०८% ले बढी हो । गत वर्ष यसै अवधिमा बैंकले ८८ करोड ८० लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि वृद्धि भएको छ। खुद ब्याज आम्दानी ३१.८०% ले बढाएर १ अर्ब ६३ करोड ७४ लाख ८८ हजार रुपैयाँ पुर्याएको छ भने सञ्चालन नाफा ५४.७६% ले बढेर २ अर्ब २३ करोड ८ लाख ६८ हजार रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म बैंकको चुक्ता पुँजी ७ अर्ब १ करोड ८५ लाख ८७ हजार रुपैयाँ रहेको छ । 

बैंकको जगेडा कोषमा ३ अर्ब २७ करोड ७६ लाख १८ हजार रुपैयाँ जम्मा भएको छ।  ६१ अर्ब ४५ करोड ९८ लाख ४९ हजार रुपैयाँ निक्षेप संकलन गरी ५६ अर्ब ८० करोड ७९ लाख ५ हजार रुपैयाँ र अन्य बैंक तथा वित्तीय संस्थालाई २ अर्ब २४ करोड ४६ लाख ८५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ७० पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ६६ पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस्