गण्डकी विकास बैंक लिमिटेडको खुद नाफा ३९ करोड ३ लाख, खुद ब्याज आम्दानी ८५ करोड ९७ लाख ९३ हजार रुपैयाँ

 gandaki Bikash bank

  • बैंकिङ संसार
काठमाडौं - गण्डकी विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  बैंकले तेस्रो त्रैमासमा खुद नाफा १४.६६% ले बढाएर ३९ करोड ३ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही बैंकले ३४ करोड ४ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै चैत मसान्तसम्म २७ अर्ब ४८ करोड ९२ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरेर २४ अर्ब १९ करोड १८ लाख १३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको खुद ब्याज आम्दानी र  सञ्चालन नाफा क्रमश  २१.८९% र १४.९८% ले बढेको छ। खुद ब्याज आम्दानी ८५ करोड ९७ लाख ९३ हजार रुपैयाँ पुगेको छ भने ६० करोड १ हजार रुपैयाँ पुगेको छ । 

गण्डकीको चुक्ता पुँजी १९.३१% ले बढेर २ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । जगेडा कोष भने २२.३४% ले घटेको छ । चैत मसान्तसम्म जगेडा कोषमा १ अर्ब ८१ लाख ८५ हजार रुपैयाँ जम्मा भएको छ । गत वर्ष सोही अवधिमा भने जगेडा कोषमा १ अर्ब २९ करोड ८३ लाख ५४ हजार रुपैयाँ रहेको थियो । 

बैंकको यस अवधिमा प्रतिसेयर आम्दानी ७६ पैसाले घटेर १८ रुपैयाँ ९३ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ४ पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस्