नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट र देवः विकास बैंकबीच सम्झौता, वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्य...!

 deva Bikash bank
  • बैंकिङ संसार 
काठमाडौँ - नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट लिमिटेड (एनबीआई) र देवः विकास बैंक लि.बीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले विस्तार गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । साथै बैंकमा कार्यरत कर्मचारीहरुलाई बिशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण प्रदान गर्ने जेएएलबीआईकोर्सको विषयमा पनि सम्झौता भएको छ ।

उक्त सम्झौतामा नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट लिमिटेड को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बा र देवः विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

प्रतिकृया दिनुहोस्