धमाधम विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, आजै ८ अर्बको निष्काशन हुने !

 nepal rastra bank
  • बैंकिङ संसार 
काठमाडौं - नेपाल राष्ट्र बैंकले ८ अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारका तर्फबाट राष्ट्र बैंकले 'विकास ऋणपत्र २०९०' जारी गर्न लागेको हो । उक्त ऋणपत्रको अवधि १४ वर्ष तोकिएको छ भने ऋणपत्र आइतबार (जेठ १२ गते) दिउँसो ३ बजे बोलकबोल गरी सोमबार (जेठ १३ गते) जारी हुनेछ । 

यस ऋणपत्रको साँवा फिर्ता २०९० जेढ १३ गते फिर्ता हुनेछ । बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण हुने र अर्धवार्षिक रुपमा ब्याज प्रदान गर्ने बैंकले जनाएको छ । यो ऋणपत्र नेपाली नागरिक, बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनीसहित संगठित संस्थाले खरिद गर्न पाउनेछन् । ऋणपत्र कम्तीमा घटीमा ५० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने हुनुपर्ने केन्द्रिय बैंकले जनाएको छ । 

राष्ट्र बैंकले यसअघि जेठ ९ गते बिहीबार ६ अर्बको विकास ऋणपत्र जारी गरेको थियो । 

प्रतिकृया दिनुहोस्