रियल टाइममा खाता खोल्ने व्यवस्थासहित माछापुच्छ्रे बैंक लिमिटेडको एकैसाथ १४ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा

machhapuchchhre bank
  • बैंकिङ संसार 
काठमाडौं - माछापुच्छ्रे बैंकले प्रदेश १ को झापा र मोरङमा १४ वटा शाखा रहित बैंकिङ सेवा एकैपटक संचालनमा ल्याएको छ । बैंकले झापाका १३ स्थान र मोरङको लेटाङमा १ गरी कुल १४ वटा स्थानमा शाखा रहित बैंकिङ सेवाको औपचारिक सुरुवात गरेको हो । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उत शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

हालसम्म बैंकले १ सय वटा वटा शाखा, ९७ शाखा रहित बंैकिङ सेवा, १ सय २१ वटा एटीएम ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिकृया दिनुहोस्