एनआइसी एसिया बैंकले गर्यो आकर्षक प्रगति, खुद नाफा १४५.४०% ले वृद्धि गरी कमायो २ अर्ब २७ करोडमाथि

nic asia bank
  • बैंकिङ संसार
काठमाडौं - एनआइसी एसिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा बैंकले खुद नाफा १४५.४०% ले बढाएर २ अर्ब २७ करोड ६४ लाख ६९ हजार रुपैयाँ कमाउन सफल भएको छ । बैंकले गत वर्ष ९२ करोड ७६ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । साथै वितरण योग्य नाफा पनि १ अर्ब ५ करोड १२ लाख ३ हजार रुपैयाँ रहेको छ ।

बैंकका अधिकांश सूचाङ्कहरु उत्साहप्रद रहेका छन्। खुद ब्याज आम्दानी १००.४९% ले बढाएर ५ अर्ब ३२ करोड ३६ लाख ५७ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको सोहि अवधिमा २ अर्ब ४५ करोड ५२ लाख ५२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा पनि १४८.१०% ले बढेर ३ अर्ब २२ करोड ३९ लाख ५४ हजार रुपैयाँ पुगेको छ । गत वर्ष सोहि अवधिमा १ अर्ब २९ करोड ९४ लाख ३० हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।

चैत मसान्तसम्म एनआइसी एसियाले १ खर्ब ५४ अर्ब १३ करोड ५१ लाख ८० हजार रुपैयाँ निक्षेप संकलन गरेर १ अर्ब ४१ अर्ब ५५ करोड ५८ लाख ९४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

८ अर्ब ८३ करोड २४ लाख २८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको चैत मसान्तसम्म जगेडा कोषमा ४ अर्ब ५ करोड ७५ लाख ९६ हजार रुपैयाँ रहेको छ । गत वर्ष जगेडा कोषमा २ अर्ब ६९ करोड ५६ लाख ८४ हजार रुपेयाँ थियो ।

प्रतिसेयर आम्दानी गत वर्षको तुलनामा १८ रुपैयाँ ९६ पैसाले बढेर ३४ रुपैयाँ ३६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ भने १६१ रुपैयाँ ७४ पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस्