देवः विकास बैंकको नयाँ शाखा बर्दियाको भुरीगाउँ बजारमा, ठाकुरबाबा नगरपालिकाका प्रमुखले गरे उद्घाटन !

 deva bikash bank
  • बैंकिङ संसार
काठमाडौँ - देवः विकास बैंक लिमिटेडले बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका, वडा नं ०१ स्थित भुरीगाउँ बजारमा शाखा बिस्तार भएको छ ।

बैशाख २५ गते ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठले शाखा उद्घाटन गरे । बैंकका संचालक समितिका अध्यक्ष बज्र गुरुङ्गको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा नगर श्रेष्ठले जनताहरुको घरघरमा बैंकिङ्ग सेवा पुर्याउन सकेमात्र समृद्ध नेपाल बनाउन सकिने कुरामा जोड दिए ।

उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद श्रेष्ठले स्थानीय निक्षेपकर्ता, व्यवसायी, उद्यमीहरुलाई सरल, सुलभ तथा सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्ने बताए ।

कार्यक्रममा शुभकामना मन्तव्य दिंदै संचालक समितिका सदस्य बिजयराज शर्मा भुसाल लगायतकाले मन्तव्य व्यक्त गरेको वरिष्ठ प्रबन्धक नवीनमुनि बज्राचार्यले बताए ।

प्रतिकृया दिनुहोस्