स्वाभिमान लघुवित्तले वैशाख २७ गतेबाट आइपीओ निष्कासन गर्ने, १० देखि ५ हजार कित्तासम्म आवेदन दिन पाइने

 swabhimaan microfinance bittiya sanstha
  • बैंकिङ संसार 
काठमाडौं - स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले वैशाख २७ गतेबाट १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । जम्मा आइपीओमध्ये ३ हजार ९३ कित्ता कम्पनीका कर्मचारीलाई र ९ हजार ९३० कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बाँकी १ लाख ८५ हजार ५८७ कित्ता सेयरमा सर्वसाधारणले ओवदन गर्न सक्नेछन् । 

लगानीकर्ताले उक्त आइपीओमा न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन गर्ने व्यवस्था छ । संस्थाको आइपीओमा छिटोमा वैशाख ३१ र ढिलोमा जेठ २६ गतेसम्म आवेदन दिन सकिन्छ । बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई तोकिएको छ । 

यो आइपीओमा सी–आस्वा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ । हाल संस्थाको चुक्ता पुँजी ४ करोड २० लाख रुपैयाँ छ । संस्थाको आइपीओ बिक्रीपछि चुक्ता पुँजी ६ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिकृया दिनुहोस्