गोर्खाज फाइनान्सको नाफा ६ करोड ३५ लाख, प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७६ पैसा

 gurkhas finance
  • बैंकिङ संसार 
काठमाडौं - गोर्खाज फाइनान्सले चालु आर्थिक वर्षको चैत मसान्त सम्म नाफा गत वर्षको भन्दा ५ करोड ८४ लाख २९ हजार रुपैयाँले बढाएर ६ करोड ३५ लाख ३५ हजार रुपैयाँ पुर्याएको छ । 

यता बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा भने गिरावट आएको छ । खुद ब्याज आम्दानी गत वर्षको तुलनामा १२.९५ प्रतिशतले घटेर ११ करोड ६२ लाख २२ हजार रुपैयाँमा कायम भएको छ । गत वर्ष फाइनान्सले १३ करोड ३५ लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

यस्तै चैत मसान्तसम्म यो फाइनान्स १२ लाख ३९ हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको छ । गत वर्ष पनि ९ लाख ३६ हजार रुपैयाँ सञ्चालन नोक्सानी रहेको थियो । बैंकले ५ अर्ब ८२ करोड ३२ लाख रुपैयाँ निक्षेप संकलन गरेर ५ अर्ब १५ लाख ८६ हजार रुपैयाँ कर्जा गरेको गरेको छ ।

हाल फाइनान्सको चुक्ता पुँजी ८६ करोड ७९ लाख ९४ हजार रुपैयाँ छ । जगेडा कोष ७.९४ प्रतिशतले बढेर ३५ करोड २० लाख ३२ हजार रुपैयाँ पुगेको छ । 

बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७६ पैसा छ । प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ५६ पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस्