कामना सेवा विकास बैंक लिमिटेडद्वारा ‘कामना सेवा रेमिट’ सञ्चालनमा, यस्ता छन् ग्राहकले पाउने सुविधाहरु...!

 kamana sewa bikash bank
  • बैंकिङ संसार 
काठमाडौं - कामना सेवा विकास बैंक लिमिटेडले ‘कामना सेवा रेमिट’ शुभारम्भ गरेको छ । बैंकका अध्यक्ष सुदीप आचार्य, सञ्चालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उक्त सेवाको शुभारम्भ गरेका हुन् ।

विविध विशेषताहरुसहित सम्पूर्ण शाखा तथा देशभरका करिब ७,५०० एजेन्टमार्फत यो सेवा प्रदान गर्न लागिएको हो । समय सापेक्ष ग्राहकहरुको आवश्यकता र प्रतिस्पर्धी बजारलाई मध्यनजर गर्दै भविष्यमा पनि एजेन्टहरु थप गर्दै जाने बैंकको योजना रहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्