सामाजिक उत्तरदायित्व अन्तर्गत एनएमबि बैंकले सामुदायिक विद्यालयदेखि आगलागी पीडितसम्मलाई गर्यो आर्थिक सहयोग

nmb bank
  • बैंकिङ संसार
काठमाडौं - एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कपिलवस्तुमा रहेको बैंकको पकडी शाखाले मायादेवी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरुलाई ६६ थान डष्टविन प्रदान गरेको छ । उक्त अवसरमा शहरी विकास मन्त्री महमद स्तियाद राई, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष लगायतका ३ हजारभन्दा बढी स्थानीय जनसमुदायहरुको उपस्थिति रहेको बैंकले जनाएको छ ।

त्यसैगरी बैंकको चन्द्रौटा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिवराज नगरपालिकाका आगलागी पीडितहरुलाई खाद्यान्न, म्याट्रेस, लामखुट्टेको झुल लगायतका सामानहरु प्रदान गरेको छ । सो अवसरमा संघीय संसदका सदस्य अर्जुनकुमार केसी, शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी, वडा नं. ३ का अध्यक्ष टेकलाल सापकोटा, चन्द्रौटा चेम्बर अफ कर्मसका अध्यक्ष महादेव पोखरेल लगायतकाको उपस्थिति थियो ।

राहत सामाग्रीहरु बैंकका प्रदेश नं. ५ का मेनेजरहरु दिविर विक्रम शाह र कमल न्यौपानेले संयुक्त रुपमा हस्तान्तरण गरेको जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्