सिभिल बैंक लिमिटेडका ग्राहकहरुले ब्लूक्रस हस्पिटल र मेडीसिटी हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउने

 civil bank
  • बैंकिङ संसार 
काठमाडौँ - सिभिल बैंकले ब्लूक्रस हस्पिटल र मेडीसिटी हस्पिटलसँग सम्झौता गरेको छ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र ब्लू क्रस हस्पिटलका कार्यकारी ब्यवस्थापन समिति सदस्य सचिव रजतकृष्ण श्रेष्ठ र मेडीसिटी हस्पिटलका महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार सिभिल बैंकका ग्राहकहरुले ब्लूक्रस हस्पिटल र मेडीसिटी हस्पिटलमा उपचार गराउँदा आकर्षक छुटहरु पाउनेछन्।

प्रतिकृया दिनुहोस्