ओम डेभलपमेन्ट बैंक लिमिटेडले लगानीकर्तालाई अब १२.७० प्रतिशत बोनस नदिने, यस्तो छ कारण !

om development bank
  • बैंकिङ संसार 
काठमाडौं - ओम डेभलपमेन्ट बैंक लिमिटेडले प्रस्तावित १२.७० प्रतिशत बोनस सेयर खारेज गर्ने भएको छ । शुक्रबार बसेको सञ्चालक समिति बैंठकले प्रस्तावित १२.७० प्रतिशत बोनस सेयर खारेज गर्ने निर्णय गरेको हो ।

ओमले एनएमबि बैंकसँग मर्जरमा जाने सम्झौता भएपछि बोनस वितरण नगर्ने भएको हो । मर्जरसम्झौता भइसकेकाले बोनस वितरण गर्दा सेयर स्वाप रेसियोमा असर पर्ने भन्दै बैंकले प्रस्तावित बोनस खारेज गर्न लागेको हो ।

मर्जरपछि एकीकृत साधारण सभा गरी दुवै संस्थाका सेयरधनीलाई आर्थिक वर्ष २०७५।७६ को नाफाबाट लाभांश वितरण गर्ने सहमति भएको ओमले जनाएको छ ।

बैंकले बोनस सेयर वितरण नगर्ने प्रस्तावसहित साधारण सभा बोलाउनका लागि राष्ट्र बैंकसँग अनुमति मागेको छ ।

प्रतिकृया दिनुहोस्