उन्नति माइक्रोफाइनान्सको खुद नाफा ३ करोड १६ लाख ७९ हजार, प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ६६ पैसा

unnati microfinance
  • बैंकिङ संसार
काठमाडौं - उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ।  संस्थाले खुद नाफा ७५.०८% ले वृद्धि गरी ३ करोड १६ लाख ७९ हजार खुद नाफा आर्जन गरेको छ । संस्थाले गत वर्ष १ करोड ८० लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

संसथाले खुद ब्याज आम्दानी २५.११% ले बढाएर ५ करोड ८३ लाख ०७ हजार रुपैयाँ पुर्याएको छ भने सञ्चालन नाफा पनि  ७५.२३% ले बढाएर ४ करोड ९२ लख ८७ हजार पुर्याएको छ । यस त्रैमाससम्ममा संस्थाले ५० करोड २९ लाख ७४ हजार रुपैयाँ निक्षेप संकलन गरेर १ अर्व ७५ करोड ४० लाख ९५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

संस्थाको चुक्ता पुँजी ७ करोड ७२ लाख ७५ हजार रुपैयाँ छ । जगेडा कोषमा ३ करोड ९७ लाख ९ हजार रुपैयाँ पुर्याएको छ । 

संस्थाको प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ३९ पैसा छ । 

प्रतिकृया दिनुहोस्