आँधिखोला लघुवित्तले ४ लाख कित्ता साधारण सेयर बिक्रि गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति !

 aadhikhola laghubitta
  • बैंकिङ संसार
काठमाडौं - आँधिखोला लघुवित्त वित्तीय संस्थाले ४ लाख कित्ता साधारण सेयर बिक्रि गर्ने भएको छ। संस्थाले नेपाल धितोपत्र बोर्डसँग ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ बिक्रीका लागिअनुमति मागेको हो । 

उक्त संस्थाको आइपीओमा बिक्री प्रबन्धको काम एनआइबीएल एस क्यपिटलले गर्ने भएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई औसत भन्दा कम आधार जनाउने ग्रेड ४ रेटिङ रेटिङ दिएको छ । इक्रा नेपालले कम्पनीको आधारलाई १ देखि ५ अंकको स्केलमा ग्रेडिङ गर्दछ । जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ ।

आँधिखोला लघुवित्त नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त “घ“ वर्गको वित्तीय संस्था हो । यस संस्थाको केन्द्रीय कार्यालय भिरकोट–१, बयरघारी स्याङ्जामा रहेको छ ।

संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ करोड ११ लाख ९५ हजार खुद नाफा आर्जन गरेको छ ।आँधिखोलाको चुक्ता पुँजी ६ करोड रहेको छ । आइपीओ बिक्रीपछि पुँजी १० करोड रुपैयाँ पुग्नेछ । यस त्रैमासमा लघुवित्तले १९ करोड ४० लाख ४५ हजार रुपैयाँ निक्षेप संकलन गरी ६० करोड ४० लाख ४५ हजार कर्जा लगानी गरेको छ । 

प्रतिकृया दिनुहोस्