नेपाल बैंक लिमिटेडको ५९औं साधारणसभा सम्पन्न, कुल शाखा संख्या १ सय ६१ पुग्यो !

 nepal bank
  • बैंकिङ संसार 
काठमाडौं - नेपाल बैंकको ५९ औ साधारणसभा सम्पन्न भएको छ । सभामा विगत वर्षको कारोवार समीक्षा,राष्ट्रिय तथा अन्तराष्ट्रिय आर्थिक परिवेश,बैकले हासिल गरेका उपलव्धि र भावी योजना, कम्पनीको औद्योगिक तथा व्यावसायिक सम्वन्ध,संचालक समिति तथा व्यवस्थापनमा आएको परिवर्तन,बैकको आगामी कारोवारलाई असर पार्ने मुख्य तत्वहरु,लेखा परीक्षण प्रतिवेदनमा उल्लेखित कैफियतको सुधार,आन्तरिक नियन्त्रण प्रणालीको सुदृढिकरण ,बैकिंग सन्जाल विस्तार ,ग्राहक सम्वन्ध सुदृढिकरणको बारेमा छलफल गरेको छ । त्यस्तै साधारण सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट दुई जना सञ्चालक चयन गर्नुका साथै आर्थिक वर्ष २०७५/७६ को लागि लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय पनि छलफल सहित पारित भएको छ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई आकर्षक बोनस बाँड्ने तयारी गर्दै गर्दा राष्ट्र बैंकले रेगुलेटरी रिजर्भ कायम गरेर मात्र लाभांश वितरण गर्न निर्देशन दिएपश्चात बैंकका शेयरधनीहरुले गत आर्थिक वर्षको नाफाबाट पनि बोनस पाउनबाट बञ्चित भएका हुन् ।

बैकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत कृष्ण वहादुर अधिकारीले बैकले शेयरधनीको पुंजीको ट्रष्टीको रुपमा ईमान्दारीपूर्वक काम गर्दै आएको फलस्वरुप शेयरधनीको लगानी सुरक्षित रहेको, शेयरधनीको पुँजी १० अर्बबाट ३० अर्बमा अभिवृध्दि भएको र कानुनी प्रकृया पुगेपछि शेयरधनीलाई प्रतिफल हस्तान्तर हुने बताउदै शेयरधनीले यस सभामा दिएका सुझाव तथा मार्गनिर्देशनलाई बैकले गंभीरतापूर्वक आत्मसात गर्ने बताए ।

हाल बैंकले १ सय ६१ वटा शाखा कार्यालयबाट सेवा बैंकिङ प्रवाह गर्दै आएको छ।

प्रतिकृया दिनुहोस्