प्रभु बैंक लिमिटेड पनि अरबपतिको सूचीमा, खुद नाफा ५८.३५ प्रतिशतले वृद्धि हुँदा यस्तो छ अन्य महत्वपूर्ण सुचकको अवस्था

 prabhu bank
  • बैंकिङ संसार 
काठमाडौं - प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकले यस अवधिसम्म आईपुग्दा खुद नाफा ५८.३५ प्रतिशत वृद्धि गरी १ अर्ब ४५ करोड २१ लाख ७१ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ । तेस्रो त्रैमाससम्म आइपुग्दा बैंक अरबपतिको सूचीमा उक्लिएको हो । बैंकले गत वर्ष ९१ करोड ७० लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो । 

यस्तै बैंकले खुद ब्याज आम्दानी पनि ७३.३१ प्रतिशतले बढाएर ३ अर्ब ३७ करोड ८३ लाख ७९ हजार रुपैयाँ पुर्याएको छ । साथै, सञ्चालन नाफा पनि २४.६१ प्रतिशतले बढाएर २ अर्ब ९ करोड ३० लाख ७० हजार रुपैयाँ पुर्याएको छ । बैंकले १ खर्ब ७ अर्ब ४५ करोड २३ लाख २७ हजार रुपैयाँ निक्षेप संकलन गरेर ८६ अर्ब १६ करोड ९४ लाख ९६ हजार रुपैयाँ कर्जा प्रवाह लगानी गर्न सफल भएको छ ।

चैत मसान्तसम्म बैंकको चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख ५८ हजार रुपैयाँ छ । जगेडा कोषमा ३ अर्ब ७० करोड ६७ लाख ४९ हजार रुपैयाँ पुर्याएको छ । 

बैंकले १ रुपैयाँ ४६ पैसाले प्रतिसेयर आम्दानी बढाएर २३ रुपैयाँ ३४ पैसा पुर्याएको छ । प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ १५ पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस्