स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारण सेयर आइतबार बाँडफाँट हुने, कतिले पाउँछन् ?

 swabhiman laghubitta
  • बैंकिङ संसार 
काठमाडौं - स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाको आइपीओ आइतबार बाँडफाँट हुने भएको छ । संस्थाले उक्त आइपीओ सिद्धार्थ क्यापिटलको केन्द्रीय कार्यालय नारायणचौर नक्सालमा आइतबार बिहान १० बजे बाँडफाँट हुने भएको छ । 

संस्थाको आइपीओमा ६० करोड ४५ लाख ५५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । लगानीकर्ताले २ लाख ६४ हजार २८६ जना ६० लाख ४५ हजार ५५० कित्ताका लागि आवेदन दिएका हुन् ।

संस्थाले १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । कुल आइपीओमध्ये ३ हजार ९३ कित्ता कम्पनीका कर्मचारीलाई र ९ हजार ९३० कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बाँकी १ लाख ८५ हजार ५८७ कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो । 

कुल आवेदकमध्ये १८ हजार ५८० जनाले १० कित्ता र ५ जनाले ११ कित्ता सेयर पाउने देखिन्छ । ९२.९७ प्रतिशत आवेदकको हात खाली हुने भएको छ ।

प्रतिकृया दिनुहोस्