जनता बैंक नेपाल लिमिटेडका ग्राहक तथा कर्मचारीलाई ह्याम्स अस्पतालले प्रदान गर्ने सेवामा विशेष छुट

 janata bank
  • बैंकिङ संसार 
काठमाडौँ - जनता बैंक नेपाल लिमिटेड र ह्याम्स अस्पताल, धुम्बाराहीबीच स्वास्थ्य उपचार सेवामा छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी र बैंकको टा«न्जेक्सन बैंकिङ्ग प्रमुख पुकार सुबेदीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालबाट बिशेष छुट प्राप्त गर्न सक्ने छन् । उक्त सुविधा प्राप्तिका लागि अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएम कार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेश गरी छुट सुविधा लिन सक्ने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्