फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको नाफा १०.६७% ले बढ्यो, प्रतिसेयर आम्दानी ८३ रुपैयाँ २७ पैसा

forward community microfinance
  • बैंकिङ संसार
काठमाडौं - फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १०.६७% ले खुद नाफा वृद्धि गरेर २३ करोड ५८ लाख ७४ हजार रुपैयाँ कमाएको छ । संस्थाले गत वर्षको सोही अवधिमा २१ करोड ३१ लख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

यस्तै, खुद ब्याज आम्दानी र सञ्चालन नाफ पनि गत वर्षको भन्दा वृद्धि भएको छ । गत वर्ष ४६ करोड ३१ लाख ६ हजार रहेको खुद ब्याज आम्दानी यस वर्ष २७.५९% ले बढेर ५९ करोड ८ लाख ८९ हजार पुगेको छ । साथै, गत वर्ष ३३ करोड ४९ लाख १८ हजार रहेको सञ्चालन नाफा पनि यस त्रैमासमा १०.४६% ले वृद्धि गरेर ३६ करोड ९९ लाख ६१ हजार पुर्याएको छ ।

संस्थाले  यो त्रैमास सम्ममा ४ अर्ब ३३ करोड ४० लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरी ९ अर्ब ५२ करोड ४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ। संस्थाको चुक्ता पुँजी ३७ करोड ७६ लाख ७२ हजार रुपैयाँ छ । रिजर्भ कोषमा ८० करोड ५५ लाख ५५ हजार रुपैयाँ जम्मा भएको छ । 

प्रतिसेयर आम्दानी ८३ रुपैयाँ २७ पैसा र प्रतिसेयर नेटवर्थ ३१३ रुपैयाँ २९ पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस्