काठमाडौं - नेपाल बैंकले पोखराको तालचोकमा नयाँ शाखा विस्तार गरेको छ । यससँगै गण्डकी प्रदेशमा नेपालको शाखा संख्या २० पुगेको छ । गण्डकी प्रदेशको गोरखाबाहेक सबै शाखामा नेपाल बैंकको शाखा विस्तार भएको छ । छिटै गोरखामा पनि शाखा विस्तार गर्ने बैंकको योजना छ ।