सिभिल बैंकको १७ लाख ५३ हजार कित्ता सेयर लिलामी भर्न अब कति बाँकी समय ?

 civil bank
  • बैंकिङ संसार 
काठमाडौं - सिभिल बैंकको संस्थापक समूहको १७ लाख ५३ हजार ५९४ कित्ता सेयर लिलामी भर्ने जेठ ९ गते बिहीबार अन्तिम रहेको छ । लगानीकर्ताले उक्त लिलामीमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर जेठ ९ गते सम्म लिलामीको बोलपत्र पेश गर्न सक्नेछन्। लगानीकर्ताले न्यूनतम २ लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाउनेछन् । यसमा बैंकका संस्थापक सेयरधनीका साथै अन्य योग्य व्यक्ति तथा संस्थाले बोलपत्र पेश गर्न सक्नेछन् । यस लिलामीमा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट, सुन्धारा काठमाडौंलाई तोकिएको छ।

प्रतिकृया दिनुहोस्