यूनियन लाइफ इन्स्योरेन्स र सनराइज बैंकबीच सम्झौता, बैंकको १०५ वटै शाखाबाट जीवन बिमा योजना खरिद गर्न सकिने

sunrise bank
  • बैंकिङ संसार
काठमाडौँ - सनराइज बैंक लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । सम्झौताअनुसार सनराइज बैंकले देश भर रहेका १०५ वटै शाखाहरुबाट यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडेको जीवन बीमा योजनाहरु बिक्री गर्न सक्नेछ ।

सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले बैंकास्योरेन्स सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिकृया दिनुहोस्