प्रभु बैंक लिमिटेडले १० लाख कित्ता ऋणपत्र जारी गर्ने: धितोपत्र बोर्डसँग माग्यो अनुमति, ब्याजदर १० प्रतिशत !

 prabhu bank
  • बैंकिङ संसार 
काठमाडौं - प्रभु बैंक लिमिटेडले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डसँग बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति मागेको छ । जसमा ४ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी ६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

बैंकले १० वर्ष अवधिको ‘१०५ प्रभु बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । उक्त ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर पाइनेछ । उक्त ऋणपत्र बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई तोकिएको छ ।

प्रतिकृया दिनुहोस्