मिथिला लघुवित्त वित्तीय संस्थाको शुक्रबारदेखि २१ हजार ६४२ कित्ता सेयर लिलामीमा आउँदै, यी ठाउँहरुमा भर्न पाइने !

 mithila laghubitta bittiya sanstha
  • बैंकिङ संसार 
काठमाडौं - मिथिला लघुवित्त वित्तीय संस्थाले शुक्रबारदेखि २१ हजार ६४२.६९ कित्ता सेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले संस्थापक समूहको १३ हजार ९७७.७८ कित्ता र सर्वसाधारण समूहको ७ हजार ६६४.९१ कित्ता सेयर लिलामी प्रक्रियाबाट बिक्री गर्न लागेको हो । यसमा वैशाख २७ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँलाई आधार मानेर उक्त लिलामी भर्नुपर्नेछ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । 

सो लिलामी सेयर बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट, कमलादी काठमाडौं तथा मिथिला लघुवित्तको केन्द्रीय कार्यालय ढल्केबर धनुसाबाट पनि लगानीकर्ताले आवेदन दिन सकिनेछ । साथै बैंक अफ काठमान्डूका विराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौंडा, नारायणघाट, पोखरा, बुटवल, बाग्लुङ, घोराही, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट आवेदन दिन सकिनेछ ।

यस्तै ज्योति विकास बैंकको महेन्द्रनगर, कञ्चनपुर शाखाबाट पनि आवेदन दिन पाउने व्यवस्था छ । कम्पनीले गत माघ १७ देखि फागुन २९ गतेसम्म ५० प्रतिशत हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर अहिले लिलामीमा ल्याउन लागेको हो ।

प्रतिकृया दिनुहोस्