नेपाल बैकर्स संघ र पोखरा विश्वविद्यालयबीच सम्झौता, यस्ता छन् सम्झौताका बुदाँहरु !

 Nepal Bankers' Association
  • बैंकिङ संसार 
काठमाडौं - नेपाल बैंकर्स संघ तथा पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेस बिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगाना तथापोखरा विश्वविद्यालय स्कूलअफबिजनेसका निर्देशक डा. रविन्द्र धिमिरेले हस्ताक्षर गरे ।

उक्त सम्झौताले दुवै संस्थाबिच वित्तीय साक्षरताका कार्यक्रमहरु ग्रामिण भेगमा अगाडि बढाउन सहयोग मिल्नुका साथै आगामी दिनहरुमा यसले वित्तीय साक्षरता तथा बैंकिङ्ग प्रवद्र्धनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरुले वाणिज्य बैंकहरुसँगको सहकार्यमा ग्रामिण क्षेत्रमागई वित्तीय साक्षरता बढाउनुका साथै बैंकिङ्ग कारोवारका लागि उत्प्रेरित गर्नेछन् । यस अभियानले नेपाल सरकारले ल्याएको “खोलौं बैंक खाताअभियान”लाई समेत ठूलो मद्दत गर्ने अपेक्षा राखिएको छ ।

प्रतिकृया दिनुहोस्