पोखरा फाइनान्सको नाफा ३.८२ प्रतिशतले गिरावट, अन्य महत्वपूर्ण सुचकको अवस्था यस्तो...!

 Pokhara finance
  • बैंकिङ संसार 
काठमाडौं - पोखरा फाइनान्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । फाइनान्सले ६ करोड २८ लाख १८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत वर्ष ६ करोड ५३ लाख १६ हजार खुद नाफा कमाएको थियो । यो नाफा गत वर्षको भन्दा ३.८२ प्रतिशतले थोरै हो । 

उक्त फाइनान्सको खुद ब्याज आम्दानी भने ४७.२ प्रतिशत बढाएर १८ करोड ६३ लख ३४ हजार पुर्याएको छ । यस्तै सञ्चालन नाफामा भने गिरावट आएको छ । गत वर्षको भन्दा २.९० प्रतिशतले घटेर यस वर्ष ९ करोड ८० लाख ८५ हजारमा पुगेको छ । गत वर्ष १० करोड १० लाख २४ हजार रहेको थियो । 

यस त्रैमाससम्म ५ अर्ब ६५ करोड ३७ लाख २ हजार रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब २० करोड ६६ लाख ५३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । हाल यस फाइनान्सको चुक्ता पुँजी ८५ करोड ७२ लाख ७३ हजार छ ।

गत वर्ष ३९ करोड २२ लाख ९२ हजार रहेको रिजर्भ कोष यस वर्ष घटेर ३१ करोड २० लाख २० हजार झरेको छ । प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७७ पैसा रहेको फाइनान्सको प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ४० पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस्