नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको खुद नाफा ९.६१% ले गिरावट, प्रतिसेयर आम्दानी र खुद ब्याज आम्दानी कति ?

 nepal investment bank
  • बैंकिङ संसार 
काठमाडौं - नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ९.६१% ले घटेर २ अर्ब ५६ करोड ५६ लाख ३८ हजार रुपैयाँमा सिमित भएको छ। बैंकले गत वर्षको सोहि अवधिमा २ अर्ब ८३ करोड ८४ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसको वितरण योग्य नाफा १ अर्ब ४३ करोड ७६ लाख ४६ हजार रुपैयाँ पुगेको छ ।

यस्तै बैंकको खुद ब्याज आम्दानी गत वर्ष भन्दा १९.२५%ले वृद्धि गरी ४ अर्व ९१ करोड १७ लाख ९८ हजार पुगेको छ । यस अवधिसम्म आइपुग्दा सञ्चालन नाफामा भने गिरावट आएको छ। सञ्चालन नाफा ९.०६% ले घटेर ३ अर्ब ६८ करोड ७६ लाख ९ हजार रुपैयाँमा सीमित भएको छ । 

गत वर्ष १ खर्ब ३६ अर्ब ५८ करोड ५५ लाख ७६ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले यो त्रैमासमा बढाएर १ खर्ब ४२ अर्ब २ करोड ९० लाख ७० हजार रुपैयाँ पुर्याएको छ । साथै कर्जा लगानी पनि १ खर्ब १८ अर्ब ३२ करोड २५ लाख ७० हजार रुपैयाँबाट बढाएर १ खर्ब २४ अर्ब २ करोड ८७ लाख ४७ हजार रुपैयाँ पुर्याएको छ ।

बैंकको चुक्ता पुँजी १२ अर्ब ५८ करोड ९९ लाख ७ हजार रुपैयाँ रहेको छ । रिजर्भ कोषमा १० अर्ब ५५ करोड ६४ लाख २ हजार रुपैयाँ जम्मा भएको छ । यसको प्रतिसेयर आम्दानी गत वर्षको तुलनामा ८ रुपैयाँ ३८ पैसाले घटेर २७ रुपैयाँ १७ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ २० पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस्