प्रभु बैंकको एक्सटेन्सन काउन्टर श्रम तथा बैदेशिक रोजगार कार्यालय परिसरमा, प्रेम प्रसाद संजेलद्धारा उद्घाटन...!

 prabhu bank
  • बैंकिङ संसार 
काठमाडौं - प्रभु बैंकले मोरङ जिल्ला विराटनगर महानगरपालिका तिनपैनी वडा नं.३ स्थित श्रम तथा बैदेशिक रोजगार कार्यालय परिसर भित्र एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैदेशिक रोजगारीमा जाने सेवाग्रहिका लागि आवाश्यक श्रम स्वीकृति वापतको शुल्क दाखिला गर्ने तथा अन्य सेवा र सुविधाको लागि उक्त एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो ।

उक्त काउन्टरको शुभारम्भ कार्यक्रम विराटनगर महानगरपालिका स्थित श्रम तथा बैदेशिक रोजगार कार्यालयका प्रमुख प्रेम प्रसाद संजेलले गरेका छन् ।

एक्सटेन्सन काउन्टरबाट बैदेशिक रोजगारीमाजाने ब्यक्तिहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने तथा नेपालको राजस्व संकलनमा पनि थप योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिकृया दिनुहोस्