सिटिजन्स बैंक र प्राइम लाइफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट बीमा सेवा पाइने !

 citizens bank
  • बैंकिङ संसार 
काठमाडौँ - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापछि सिटिजन्स बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट प्राइम लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बीमा लेख लिन, दाबी भुक्तानीलगायत सम्पूर्ण बीमा सेवाहरु लिनसक्ने छन् ।

उक्त सम्झौताबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै छिटो, छरितो र सहज रुपमा जीवन बीमा सम्बन्धी सेवाहरु प्राप्त गर्न सक्ने बैंकले विश्वास लिएको छ ।

प्रतिकृया दिनुहोस्