सेञ्चुरी बैंक र मेटलाइफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका सम्पूर्ण शाखाबाट जीवन बीमा सेवा लिन सकिने

 century bank
  • बैंकिङ संसार  
काठमाडौँ - सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मेटलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ ।

सम्झौताअनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकका सम्पूर्ण शाखाहरुबाट उक्त कम्पनीको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्नेछन् ।

उक्तसम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र मेटलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका उपाध्यक्ष एवम् महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

प्रतिकृया दिनुहोस्