जनकपुरको पिडारी चोकमा पुग्यो एनआईसी एशिया बैंक लिमिटेडको शाखा, २ सय ८३ ठाउँमा पुग्यो शाखा सञ्जाल

 nic asia bank
  • बैंकिङ संसार 
काठमाडौं - एनआईसी एशिया बैंकले जनकपुर उपमहानगरपालिकामा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिका वडा नं. ८, पिडारी चोकस्थित पिडारी चोक शाखाको उद्घाटन प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले गरेका छन् ।

बैंकले मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत करिब १६ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्