हिमालयन बैंक लिमिटेडको तेस्रो त्रैमास: खुद नाफा १०.२३% वृद्धि गरी पुर्यायो २ अर्ब १ करोड ४० लाख ७५ हजार रुपैयाँ

 himalayan bank
  • बैंकिङ संसार 
काठमाडौं - हिमालयन बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकले २ अर्ब १ करोड ४० लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट प्रकाशित गरेको छ । बैंकले गत वर्षको सोही  अवधिमा भन्दा खुद नाफा १०.२३% ले वृद्धि गरेको हो । गत वर्ष खुद नाफा १ अर्ब ८२ करोड ७० लाख २७ हजार कमाएको थियो । हिमालयनको वितरण योग्य नाफा १ अर्ब ३३ करोड ४८ लाख ९७ हजार रुपैयाँ पुगेको छ ।

यस्तै यस अवधि सम्म आउदा हिमालयनले १ खर्ब ८ अर्ब ५८ करोड २१ लाख ७ हजार रुपैयाँ निक्षेप संकलन गरी  ९३ अर्ब ७७ करोड ५३ लाख ५६ हजार रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ।  

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि सुधार आएको छ । खुद ब्याज आम्दानी १७.१८% ले बढाएर ३ अर्ब ७५ करोड ३४ लाख ३५ हजार रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफामा ३२.४९% ले वृद्धि गरी २ अर्ब ८६ करोड ५४ लाख ७५ हजार पुर्याएको छ ।
हाल बैंकको को चुक्ता पुँजी ८ अर्ब ५२ करोड २ लाख ५५ हजार रुपैयाँ छ । रिजर्भ कोष १४.७४% बढाएर ५ अर्ब १९ करोड ९ लाख ६० हजार रुपैयाँ पुर्याएको छ । प्रतिसेयर आम्दानी गत वर्षको तुलनामा १ रुपैयाँ ५ पैसाले बढेर ३१ रुपैयाँ ५२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ १७ पैसा छ ।

प्रतिकृया दिनुहोस्