सिद्धार्थ बैंक लिमिटेडको ४ नयाँ शाखा बिस्तार, १ सय ६३ ठाउँमा एटीएम सेवा !

 siddhartha bank
  • बैंकिङ संसार
काठमाडौँ - सिद्धार्थ बैंकले बुधबार काठमाडौँ को काँडाघारी, भक्तपुरको मध्यपुर थिमि, कैलालीको क्याम्पस चोक र अत्तरियामा शाखा बिस्तार गरेको छ ।

बैंकको काँडाघारी शाखाको उद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा, मध्यपुर थिमिको उद्घाटन प्रतिनिधि सभाका सदस्य महेश बस्नेत, क्याम्पस चोक शाखाको उद्घाटन धनगढी उपमहानगरपालिकाका मेयर निर्पबहादुर ओड र अत्तरिया शाखाको गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदले उद्घाटन गरे ।

बैंकले देशभर १५३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६३ एटीएम र १,३०० भन्दा बढी पीओएस मेसिन मार्फत बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्