सेञ्चुरी बैंकले गर्यो अनाथ बालबालिकालाई सहयोग, १ सय ३३ स्थानमा पुग्यो शाखा सञ्जाल

 century bank
  • बैंकिङ संसार 
काठमाडौं - सेञ्चुरी कमर्सियल बैंकले ललितपुरमा रहेको 'द अरफेन्स होम' लाई सहयोग गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त संस्थालाई सहयोग गरेको हो ।

संस्थाले ३५ जना अनाथ बालबालिकाहरुको पालनपोषण गरिरहेको छ । बैंकले अनाथ बालबालिका रहेको संस्थामा आवश्यकता अनुसारको खाद्यपर्दाथ दिई सहयोग गरेको हो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुप्रै कार्यक्रमहरु गर्दै आएको छ । 

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९९ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १३ वटा शाखारहित बैंकिङ्क गरी जम्मा १३३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्