ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ५० प्रतिशत हकप्रद सेयर बिक्रीमा, बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल

 grameen bikash bank
  • बैंकिङ संसार 
काठमाडौं - ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले शुक्रबारबाट ५०% हकप्रद सेयर बिक्रीमा ल्याएको छ । संस्थाले १ः०.५ अनुपातमा ३२ लाख ७५ हजार कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । लगानीकर्ताले उक्त हकप्रदमा प्रतिसेयर १०० रुपैयाँको दरले जेठ ३० गतेसम्म आवेदन दिन सक्नेछन् ।

सो हकप्रद सेयरमा एनआइबीएल एस क्यापिटलको केन्द्रीय कार्यालय लाजिम्पाट तथा शाखा कार्यालयहरु लालदरबार, लगानखेल ललितपुर, चिप्लेढुङ्गा पोखरा, आदर्शनगर वीरगञ्ज, ट्राफिकचोक बुटवल र गोल्छाचोक विराटनगरबाट आवेदन दिन सकिन्छ । साथै, ग्रामीणको बुटवल, विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढी कार्यालयबाट आवेदन दिन सकिनेछ । यसको अलावा आस्वा सेवा प्रप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

उक्त हकप्रद सेयर बिक्री गर्न चैत २९ गते बुक क्लोज भएकले चैत २८ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । 

ग्रामीणले हाल कायम चुक्ता पँजी ६५ करोड ५० लाख रुपैयाँको ५०% हकप्रद जारी गरेको हो । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ पुग्नेछ । 


प्रतिकृया दिनुहोस्