कामना सेवा विकास बैंक र एशियन लाईफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका ८३ वटै शाखाबाट बीमा सेवा पाइने...!

 kamna sewa bikash Bank
  • बैंकिङ संसार 
काठमाडौँ - कामना सेवा विकास बैंक र एशियन लाईफ इन्स्योरेन्सबीच संस्थागत अभिकर्ता सम्बन्धी सेवा आदान प्रदान गर्नेगरी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्  ।

सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ८३ वटै शाखाहरुबाट सहज रुपमा एशियन लाईफ इन्स्योरेन्स लिमिटेडको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ ।

हालसम्म बैंकले ८३ वटा शाखा तथा ३७ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्