गठ्ठाघरको चारदोबाटोमा सनराइज बैंक लिमिटेडको नयाँ शाखा विस्तार, १ सय ०६ ठाउँमा पुग्यो शाखा सञ्जाल !

sunrise bank
  • बैंकिङ संसार 
काठमाडौँ - सनराइज बैंक लिमिटेडले भक्तपुर स्थित गठ्ठाघरको चारदोबाटोमा शाखा संचालनमा ल्याएको छ । उक्त शाखासमेत गरी बैंकको शाखा संख्या १०६ वटा पुगेको छ । 

बुधबार आयोजित एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला, बैकका सञ्चालक दीपक नेपाल र बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रुपमा शाखाको उद्घाटन गरे । 

साथै बैंकले नेपाल अधिराज्य भर २९ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १२१ वटा एटिएम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालन गर्ने योजना रहेको छ ।

प्रतिकृया दिनुहोस्