भेनस हस्पिटलमा एनआईसी एशिया बैंकका ग्राहकले उपचार गराउँदा १५ प्रतिशतसम्म छुट पाउने !

 nic asia bank
  • बैंकिङ संसार 
काठमाडौं - भेनस हस्पिटलमा उपचार गराउँदा एनआईसी एशिया बैंकका गाहकले छुट पाउने भएका छन् । यस सम्बन्धमा बैंक र हस्पिटलबीच सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई भेनस हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशतसम्मको छुट प्रदान गरिने भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र भेनस अस्पतालको तर्फबाट हस्पिटलका निर्देशक श्रीराम ढकालले हस्ताक्षर गरेका थिए ।

प्रतिकृया दिनुहोस्