कर्णाली डेभलपमेन्ट बैंकले कमायो ६६ लाख ५९ हजार रुपैयाँ, अन्य महत्वपूर्ण सूचकहरु अवस्था कस्तो ?

 karnali development bank
  • बैंकिङ संसार 
काठमाडौं - कर्णाली डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकको खुद नाफा ४५७.२३% ले वृद्धि गरी ६६ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष बैंकले ११ लाख ९५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

यस्तै बाकले चैत्र मसान्तसम्म आइपुग्दा २ अर्ब ९८ करोड २९ लाख ४१ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ९४ करोड ३१ लाख ६५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । साथै खुद ब्याज आम्दानी गत वर्षको तुलनामा ३.४१% ले बढेर ४ करोड ५६ लाख ६९ हजार रुपैयाँ पुगेको छ । बैंकले सञ्चालन नाफा पनि ४५७.१८% ले बढाएर १ करोड ४ लाख ६४ हजार रुपैयाँ पुर्याएको छ ।

हाल बैंकको पुँजी ५० करोड २८ लाख ३० हजार रुपैयाँ रहेको छ । रिजर्भ कोषमा ४ करोड ६९ लाख बाट बढाएर अहिले ५ करोड १६ लाख १७ हजार रुपैयाँ पुर्याएको छ ।

कर्णालीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ३२ पैसा छ भने प्रतिसेयर नेटवर्थ भने ११० रुपैयाँ २७ पैसा रहेको छ । 

प्रतिकृया दिनुहोस्