माछापुच्छ्रे बैंकको थप २ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा, १ सय २२ ठाउँमा एटिएम सेवा !

 machhapuchchhre bank
  • बैंकिङ संसार 
काठमाडौं - माछापुच्छ्रे बैंकले डडेलधुरामा आफ्नो ९९ र १०० औं शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले डडेलधुराको अजय मेरू गाउँपालिका–२ स्थित चमाडार अमरगढी नगरपालिका ७ स्थित पोखरामा थप २ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको हो ।

उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।

हालसम्म बैंकले मुलुकभर १ सय १ वटा शाखाहरु १ सय वटा शाखा रहित बैकिङ्ग सेवा १ सय २२ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई सम्पुर्ण बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्