रिलायन्स फाइनान्सको २ वर्षको लाभांश सुरक्षित गर्ने आज अन्तिम अवसर, कहिले हुँदैछ बुक क्लोज ?

reliance finance
  • बैंकिङ संसार 
काठमाडौं - रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्न आइतबार अन्तिम मौका रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को साधारण सभा एक साथ जेठ २७ गते बोलाएको छ । साधारण सभाका लागि कम्पनीले जेठ १३ देखि २७ गतेसम्म बुक क्लोज गर्न भएको छ । जेठ १२ गते आइतबारसम्म कायम सेयरधनीले मात्र यो लाभांश सुरक्षित गर्न सक्नेछन् । 

साधारण सभा लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा बिहान ११ बजे बस्नेछ । कम्पनीले आव २०७३/७४ को नाफाबाट १२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । साथै आव २०७४/७५ को लाभांश वापत १२ प्रतिशत बोनसपछि कायम हुने ८३ करोड २४ लाख १६ हजार रुपैयाँ चुक्ता पुँजीको कुल २.६३ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । 

यस्तै कम्पनीले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव साधारण सभामा लैजानेछ । सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक र सर्वसाधारण सेयरधनी समूहबाट ३–३ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रतिकृया दिनुहोस्