बिओके क्यापिटलमा निशुल्क डिम्याट खाता खोल्न सकिने, अफर जेठ र असार महिनासम्मका लागि मात्र !

 bok capital
  • बैंकिङ संसार 
काठमाडौँ - बिओके क्यापिटलमा निशुल्क डिम्याट खाता खोल्न सकिने भएको छ । चालु आर्थिक वर्षको जेठ र असार महिना भरी निशुल्क डिम्याट खाता खोल्न सकिने क्यापिटलले जनाएको हो ।

क्यापिटलको मुख्य कार्यालय कमलादी तथा बैंक अफ काठमाण्डूका सम्पुर्ण शाखा कार्यायलहरुबाट निशुल्क डिम्याट खाता खोल्न सकिने कम्पनीले जनाएको छ ।  साविकको काठमाडौं क्यापिटल मार्केट लिमिटेडको नाम परिवर्तन भएर बिओके क्यापिटल मार्केट लिमिटेड बनेको हो ।

बैंक अफ काठमाण्डूले स्वामित्व रहेको क्यापिटलको कार्यालय काठमाडौं प्लाजाको दोस्रो तल्ला वाइ ब्बकमा रहेको छ ।

प्रतिकृया दिनुहोस्